अपडेट 
२०७७ भाद्र २२, सोमबार ०७:०५

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ ।

हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार ७ सय २३ नयाँ बिरामी थपिएका छन् । एकैदिन भेटिएको यो हालसम्मको सर्वाधिक संख्या हो । यसअघि शनिबार ९० हजार ६ सय बिरामी भेटिएका थिए ।यस्तै भारतमा ३२ लाखभन्दा बढी संक्रमित निकोसमेत भइसकेका छन् । आइतबार ६८ हजार ८ सय १२ संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरियो । यस्तै ८ लाख ८१ हजार ६ सय ९१ बिरामीको अहिले पनि उपचार चलिरहेको छ । ७१ हजार ६ सय ८७ बिरामीको मृत्यु भइसकेको छ । आइतबार महाराष्ट्रमा मात्रै २३ हजार ३ सय ५० नयाँ संक्रमित भेटिए ।

एकैदिन भेटिएका संक्रमितको यो सबैभन्दा ठूलो संख्या हो ।

Comment


Related News

Latest News

Trending News