अपडेट 
२०७७ भाद्र २२, सोमबार ०९:१९

 इन्डियन प्रिमियर लिगको आगामी संस्करणको उद्घाटन खेलमा मुम्बई इन्डिन्सले चेन्नई सुपर किंग्सको सामना गर्ने गरी प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिग सुरु हुन दुई साता मात्रै बाँकी रहँदा सञ्चालकले खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १९ मा दुबै टोलिले एक अर्काको सामना गर्नेछ ।

प्रतियोगिताको राउण्ड रोबिनका लागि मात्रै अहिले तालिका सार्वजनिक गरिएको छ । तालिका बमोजिम अबुधाबीले २०, दुबईले २४ र शारजाहले १२ खेलको आयोजना गर्नेछ । मुम्बई र कलकत्र्ता नाइट राइडर्सले अबुधाबीमा सबैभन्दा बढी आठ आठ खेल खेल्नेछन् । सनराइजर्स हैदराबादले आफ्नो आठ खेल दुबईमा खेल्नेछ । चेन्नई सुपर किंग्स, किंग्स एलेभन पञ्जाब, देल्ही क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लौरले दुबईमा सात सात खेल खेल्नेछ । राजस्थान रोयलले भने छ वटा दुबईमा पाँच अबुधाबीमा र तीन शारजाहमा खेल्नेछ ।

राजस्थान रोयल र कलकत्ता नाइट राइडर्स प्रतियोगिता सुरु भएपछि सबैभन्दा ढिला गरी आफ्नो पहिलो खेलमा सहभागी हुनेछन् । सेप्टेम्बर १६ मा इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको एकदिवसीय श्रृखंला सम्पन्न हुनेछ । प्रमुख खेलाडीहरु स्टिभ स्मिथ, जोस बटलर, जोफ्रा आर्चर र टम करन राजस्थानको प्रतिनिधित्व गर्छन् । इयन मोर्गन, प्याट् क्युमिन्स र टम बान्टन नाइट राइडर्सका हुन् । लिग सञ्चालकले यूएई पुगेको छ दिनसम्म खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने निर्देशिका बनाएको छ । अबुधाबीले भने १४ दिन निर्धारण गरेको छ । अष्ट्रेलिया र इग्ल्याण्ड श्रृखंलाबाट फर्किने खेलाडी बीचमा कतै कसैसँग सम्पर्क नगरी यूएई आएको सुनिश्चित हुने खण्डमा विकल्प राख्ने व्यवस्था गरिएको छ ।

मुम्बई र चेन्नई प्रिमियर लिगको सबैभन्दा सफल टोलिहरु छन् । मुम्बईले चार र चेन्नईले तीन पटक प्रिमियर लिगको उपाधि जितेको छ । कोभिड–१९ को महामारीले भारत नराम्ररी प्रभाबित भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले प्रिमियर लिगको आयोजना यूएईमा गर्ने निर्णय गरेको हो ।

नोभेम्बर १० तारिखसम्म हुने आईपीएलको खेल तालिका यस्तो छ :–

Comment


Related News

Latest News

Trending News