अपडेट 
२०७७ भाद्र २२, सोमबार १७:४०

भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका-९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर चोरी पैठारी गरि ल्याइएका सामानहरु नियन्त्रणमा लिएको हो ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायव निरिक्षक बब्लु कुमार ठाकुरको कमाण्डमा गएको टोलीले नदाफको गोठमा लुकाएर राखिएका करिव २ लाख १३ हजार बराबरको सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सामानहरु ५० किलोका दरले ११ बोरा (५५० किलो) सुकेको हरियो केराउ (मटर), २ पोका रेडिमेड कपडा र १ पोका चप्पल रहेको मिश्रले बताए । नियन्त्रणमा लिइएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News