अपडेट 
२०७७ भाद्र २२, सोमबार १८:५५

धनुषा प्रहरीले सुनचाँदीको गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातु सहित २ जनालार्ई पक्राउ गरेको छ ।

सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सुचनाको अधारमा महोत्तरीको मठिहानी नगरपालिका वडा नं.-७ का २० वर्षीय श्याम दास र सोही ठाउँ बस्ने २२ पर्षीय मो.नुरारी लहेरीलाई जनकपुरबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षकको कमाण्डमा खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका-५ सोनरपट्टीस्थित चेकजाँच गर्ने क्रममा २ वटा साइकलमा सवार उनीहरुलाई पक्राउ गरिएउको हो । उनीहरुको खानतलाशी गर्दा सुनचाँदीको गहनामा रसायनको रुपमा प्रयोग हुने १० लाख ६२ हजार मुल्य बराबरको चाँदी जस्तो देखिने सेतो रंगको धातु अन्दाजी ५० किलो सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

सामान सहित पक्राउ गरिएका दुबैजनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रवक्ता मिश्रले बताए ।

Comment


Related News

Latest News

Trending News