अपडेट 
२०७७ भाद्र २३, मंगलवार ०६:१६

हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले देशभरकाे माैसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान विभागले जनाएकाे हाे ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विभागले जानकारी दिएकाे छ ।

मंगलवार दिउँसो देशभर सामान्यतया बदली रहने र  केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती देशभर सामान्यतया बदली रहने र थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News