अपडेट 
२०७७ भाद्र २४, बुधबार ०६:२८

हाल मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।

साथै, नेपालमा स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । हाल देशका अधिकांश स्थानमा सामान्य बदली भई प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ । बुधवार दिउँसो देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News