अपडेट 
२०७७ भाद्र २४, बुधबार १०:२९

पर्सामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल पर्साको प्रयोगशालामा २ सय ९० जनाको स्वाब परीक्षण गर्दा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमतिमध्ये ६ जना पर्सा, ९ जना बारा र २२ जना रौतहटका छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ९ महिला र २८ पुरुषसहित ४ वर्षीय बालकदेखि ६७ वर्षका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा ८ जना संक्रमित थपिएका छन् । महानगरको वडा ११ मा दुई जना र २८ र ३२ मा एक र एक जनामा कोरोना पोजेटिभ देखिएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–८ र चैनपुर ८ मा एक र एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बाराको कोल्भि नगरपालिकाका–३ जना, अमौर टोक्नी वडा २, कलैया उपमहानगरपालिकाका २, बारागढि गाउँपालिकामा ४ जना र इलाका प्रहरी कार्यालय बारागढीमामा एक-एक जना संक्रमित थपिएका छन् ।

प्रवक्ता डा. चौरसियाका अनुसार संक्रमित हुनेमा रौतहटका दुर्गा भगवती गाउपालिका वडा नम्बर ५ का मात्रै २२ जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News