अपडेट 
२०७७ भाद्र २४, बुधबार १०:५१

चितवनमा १८ महिनाको बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २३ गते २५७ नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् । चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News