अपडेट 
२०७७ भाद्र २४, बुधबार १२:२९

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित वि.पि वन वाटिकामा बृक्षारोपण कार्याक्रम गरिएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि जन नायक वि.पि कोईरालाको १०७ औं वर्ष जयन्तीको अवसरमा विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समितिको आयोजना एवं नेपाल बिद्यार्थी संघ रौतहट कार्य समितिको सहकार्यमा बृक्षारोपण कार्याक्रम गरिएको हो ।


जन नायक वि.पि कोईरालाको १०७ औं वर्ष जयन्तीको अवसरमा टेकान स्थित वि.पि वन वाटिकामा बिभिन्न प्रजातिका १०७ वटा बिरुवा रोपण गरिएको विपि कोईराला युवा नेतृत्व विकास मञ्च जिल्ला कार्य समिति रौतहटमा अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।
सो कार्याक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का सांसद माननिय देव प्रसाद तिमल्सिनाले जन नायक वि.पि कोईरालाको १०७ औं वर्ष जयन्ती देखि काग्रेंस पाटि बलियो बनाउन एकले अर्काको कुरा काट्ने बिरोध गर्ने जस्ता कुराहरुमा बिचार गर्न सम्पुर्णलाई आग्रह गरेका छन् ।

गुटबन्दिका कुराहरुले काग्रेंस पाटि बलियो हुन नसकेको बताए । साथै यस वि.पि वन वाटिका लाई संरक्षण गर्न नगरपालिका,प्रदेश तथा केन्द्रबाट बजेट ल्याने प्रतिबद्धता गरेका थिए ।


सो कार्याक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य माननिय धनलाल ठोकर,चन्द्रपुर नगरपालिकाका प्रमुख मेयर रामचन्द्र चौधरी,बृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादव,अन्नत कोईराला,अजय साह,नौसाद आलम,नरेश लामिछाने,नवराज देवकोटा,आलोक कोईराला,देवराज कार्की,सुमन गौतम,सुर्य बहादुर थापा,टिका घिमिरे,बासुदेव अधिकारी,बिनोद गुप्ता,सम्भु थापा,श्यामहरी चौलागाई,संगम श्रेष्ठ,पुजन सत्याल,गोपाल हुमागाई,शुशिल अधिकारी,प्रलाद मैनाली,लगायतको उपस्थिती रहेको अध्यक्ष लामिछानेले जनकपुर टुडेलाई जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News