अपडेट 
२०७७ भाद्र २४, बुधबार १२:५०

गत बुधबारदेखि निरन्तर घटिरहेको सुनको मूल्य बुधबार पुनः बढेको छ । बुधबार तोलामा ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम रहेको थियो । बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम रहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर १ हजार ९ सय ३० डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News