अपडेट 
२०७७ भाद्र २४, बुधबार १३:१४

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने आठ लाख ९७ हजार ३९४ संक्रमित आइसोलेसनमा छन् ।

Comment


Related News

Latest News

Trending News