अपडेट 
२०७७ भाद्र २४, बुधबार १७:३०

थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।

उनले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् । महतो विजय महराको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख थिए । वीरेन्द्र यादव गरुडामै कार्यरत छन् । त्‍यस्तै प्रहरी निरीक्षक नवीन सि‌ह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन  रामको हत्याको घटनापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आएका थिए ।

घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ । उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय महराको थुनामै रहेका बेला बिरामी परी उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको बताउँदै आएको छ ।

दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शनसमेत भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News