अपडेट 
२०७७ भाद्र २५, बिहीबार ०६:१९

प्रदेश २ मा समुदायस्तरमा तीव्र रुपमा कोरोना संक्रमण फैलिएको अवस्थामा बुधबार सिरहाको एउटै वडामा ५९ जना संक्रमित भएका छन् ।

बुधबार एउटै वडाका ५९ जना कोरोना संक्रमित थपिएका हुन् । सिरहाको सिरहा नगरपालिका वडा नम्बर-१ स्थित सिरहा कारागारका ५९ जना पुरुष कैदिबन्दीहरु संक्रमित भएका हुन् ।

वडा नं। १ स्थित कारागारमा रहेका २० देखि ५५ वर्ष उमेर समुहका ५९ जना कैदीबन्दीहरुमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा।कृष्णदेव यादवले जानकारी दिए । भदौ २१ गते कारागारका ८० जनाको स्वाब संकलन गरि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा उनीहरु मध्ये आज ५९ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।

प्रदेश नं। २ मा एउटै वडामा धेरै संक्रमण देखिएको यो पहिलो पटक हो । सिरहामा आज ६७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय ६४ पुगेको छ भने कोरोना संक्रमित भई ११ जनाको मृत्यु समेत भईसकेको छ ।

Comment


Related News

Latest News

Trending News