अपडेट 
२०७७ भाद्र २६, शुक्रबार ०६:३३

शुक्रबार देशभर सामान्यतया बदली रही हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ रहेकाले भारी वर्षाकाे सम्भावना कम भएकाे महाशाखाले जानकारी दिएकाे हाे ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शुक्रवार) दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समते सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।

Comment


Related News