अपडेट 
२०७७ भाद्र २६, शुक्रबार १६:३०

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नाै सय १९ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार चार सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एकैदिन काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुने याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे ।

पछिल्लाे २४ घण्टामा १० हजार सात सय एक जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक  जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा नाै सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।   अब नेपालमा १४ हजार नाै सय २५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ । 

यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।  यस्तै गएको २४ घण्टामा  पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

Comment


Related News

Latest News

Trending News