अपडेट 
२०७७ भाद्र २७, शनिबार ०६:१८

२०६३ साल माघ २ गते अन्तरिम ब्लग : संविधानको प्रारम्भिक मस्यौदा जारी भएयता मधेसभूमि तीन–तीनवटा आन्दोलनको पीडा भोगी सकेका छन् । झण्डै दुईसय होनहार वीर–विराङ्गना आफ् नो जीवनको बलिदान दिएका छन् । सयौं अङ्ग –भङ्ग भई नारकीय जीवन बिताउन अभिशप्त छन् । २०६३ साल भन्दा धेरै अघि अध्ययन– अध्यापन तथा शुभ–लाभको वास्ता नगरी ‘ मधेसमुक्ति अभियान ’मा समर्पित भएका तत्कालीन युवाहरु अचेल चालिस कटि सकेका छन् ।

२५० वर्षदेखि आफ्नै मुलुकमा विभेदपूर्ण जीवन बिताउन अभिशप्त मधेसी, आदिवासी, जनजाति, मुस्लीमलगायतका सिमान्तिकृत जात–जाति र वर्ग–समुदायमा समानता, समावेशिता, सम्मान तथा पहिचानको अलख जगाउन तथा उनिहरुलाई अधिकार सम्पन्न बनाउन उनिहरु आफ् नो कैरियरसमेतको ख्यालनगरी अवसरको मुहान भनिने काठमाण्डौ छाडेर मधेस झरेका थिए । तर दुर्भाग्य ! उनिहरुमध्ये अधिकांश न शिक्षा पूरा गर्न सके नत राजनीतिक रुपमै कुनै मुकामनै बनाउन सके । अचेल उनिहरु पाखा लगाइएका छन् । अधिकांश वेरोजगार छन् । घरपरिवार पाल्न कोही जागिरे बनेका छन् । कोही विदेश भासिएका छन । भाग्यशाली केही भने तीन तहका सरकारमा बमबम गर्दै छन् तर मधेसवादी दल( ? ) मा उनिहरु भन्दा बढि बुलन्दीमा छन– पूर्व राजावादी, काग्रेसी , एमाले ,माओवादी तथा व्यापारीहरु । नाम, माम तथा अवसरबाट बंचित मधेस आन्दोलनका आदि नायकहरुलाई मैले ‘ मधेसका गुमनाम’ हस्ती नाम दिएको छु । सलाम मधेसी सहीदहरु तथा मधेस आन्दोलनका गुमनाम हस्तीहरुलाई ।

आजको विषय प्रवेश गरौं राजनीतिक विश्लेषक चन्द्रकिशोर झाको विहीवारको फेसबूक स्टाटसबाट । उनले आफ्नो स्टाटसमार्फत सार्वजनिक गरेका तीन सवाल यी हुन् – १) मधेश आन्दोलनको सरोकारवाला पक्ष को–को हो ? के कुनै दल वापात्रसंग यसको पेटेंट राइट सुरक्षित छ ? २) के मधेश आन्दोलन र विगतको मधेशी दल भनेर चिनाइने शक्ति एक अर्काको पर्याय हो ? ३) के मधेशी नेतृत्वको आलोचना भनेको मधेश आन्दोलनको आलोचना हो ? २०६३ साल माघ २ गते अन्तरिम संविधान जारी हुंदा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा उक्त संविधानको प्रतिलिपि जलाइएको थियो । यादवसहितका झण्डै ५ दर्जन मधेस अभियानी पक्राउ परेका थिए अनि यसको विरोधमा मधेस भरि आन्दोलनको आंधी चलेको थियो । यद्यपि औपचारिक रुपमा मधेस आन्दोलनको सूत्रपात २०६३ माघ ५ गते लाहानमा रमेश महतोको हत्यासंगै मानिए मानिन्छ । तर मधेस आन्दोलनका यी गुमनामहस्तीहरु २०६१ सालदेखि नै आन्दोलनको पृष्ठभूमि तयार पार्न मधेसमा कृयाशिल भई सकेका थिए । त्यतिवेला मधेस मुद्दा उठान गर्ने एकमात्र दल थियो – सद्भावना पार्टी । जसको प्रभाव अतिन्युन थियो । संघीयता, समानुपातिक, समावेशीता विनाको अन्तरिम संविधानको प्रारम्भिक मस्यौदाले आम मधेसीलाई आहत गरेको थियो ।

काग्रेस,एमाले र माओवादी केन्द्रित दलका मधेसी नेताहरु पनि सरकारी विभेदबाट आहत थिए । उनिहरु पनि मधेस आन्दोलनमा मौन स्वीकृति दिए । केही भने पार्टी त्याग गरेरै आए । २०६३ सालको प्रारम्भमा शिवचौकबाट निस्केको पहरेदारी जुलुसमा मैले आफ्नै आंखाले जनकपुरका मधेसवादी दलका नेताहरुसंगै काग्रेस र एमालेका नेताहरुलाई पनि देखेको थिए । तर अगाडीको मोर्चामा थिए जनकपुरका पत्रकार, प्राध्यापक, वकिल, चिकित्सक जस्ता पेशाधारीहरु । २०६३ देखि २०७३ को बीचमा मधेसमा भएका तीन ठुला आन्दोलनमा गाउ“ गाउ“मा कुकुर, भैसी, स्याल, धोतीलगायतका पहिचानसहितको जुलुस निकाल्ने मधेस केन्द्रित दलका मधेसीहरुमात्र थिएनन । आन्दोलनमा आम मधेसीको सहभागिता थियो । अर्थात् चन्द्रकिशोर झाले भन्ने जस्तै मधेस आन्दोलनको पैटेन्ट राईट कुनै दल विशेषको हुनै सक्दैन । मधेसमुक्तिको आन्दोलनमा सम्पूर्ण मधेसी जनताको सहभागिता थियो । छ महिना लामो मधेस बन्द गर्दा मधेसी दलसंग सम्बद्ध उद्योगी व्यावसायीलेमात्र आफ्ना पसल बन्द गरेका थिएनन् । बरु केही आन्दोलनकारीहरुले नै नून, तेलदेखि डिजल, पेट्रोलसम्मको कालोबजारी गरेको अनि काठमाण्डौसम्म पठाएको दृष्टान्तहरु छन् । सन्तकवि कविरको शुक्ति छ – ‘ निन्दक नियरे राखिए । आंगन कुटि छवाय । विन साबुन पानी विना निर्मल करे सोभाय । ’ अर्थात् निन्दकलाई नजिक राख्नु । तपाईलाई सहि सल्लाह दिनेछ । सल्लाहबाट सहि बाटो रोज्न सजिलो होला तर सत्ताधारी पार्टीलाई यो स्वीकार्य छैन । उसलाई मनमौजी गर्न मन छ ।

आफ्नो नामसमेतबाट मधेस शब्द झिकिई सकेको राष्ट्रिय समाजवादी पार्टीको नेतृत्वमा प्रदेश २ को सरकार छ । प्रदेशका झण्डै आधा पालिकामा यसै दलको स्थानीय सरकार छ । सत्ताधारी दलको नेतृत्व तथा पावर (तीनै तहको सरकार)मा शीर्षनेताहरुका नाता–गोता,कर– कुटुम्ब तथा जात– पातको वोलवाला छ । बाकी बचेका स्थानमा जग्गा दलाल, मेनवापर कम्पनी संचालक, ठेकेदार तथा पैसावालहरुको हालीमुहाली छ । सौभाग्यले केही सच्चा आन्दोलनकारीहरु पनि सत्तामा पुगेका छन् । यी र यस्ता सवालहरु उठाउन मधेस विरोधी कित्तामा दरिन्छन् । जनकपुर, राजविराज, बीरगंज,जलेश्वर,गौशाला, सिम्रोनगढ, लगायतका नगर सहरमा मधेस आन्दोलनको अलख जगाउने युवा, युवती, पत्रकार, डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक, वकिललगायतका पेशाकर्मीहरु मधेस सरकारका लागी आउटडेटेड छन् । काग्रेस, एमाले, माओवादी तथा विभिन्न देशी विदेशी गैर सरकारी संस्थाहरुको जयकारा गर्दा गर्दै सत्ता र भत्ता संचालनमा पोख्त भई सकेका पेसाकर्मीहरु काठमाण्डौबाट झिकाईदै छन् । आन्दोलनकारीको लाश बोक्ने , चन्दामा एक किलो चामल दिएको समाचार समेत पढने पत्रकार चाहिएको छैन । आन्दोलनकारीलाई सित्तैमा उपचार गरेका चिकित्सक चाहिएको छैन ।

कोर्टफि समेत नलिई आन्दोलनकारीको मुद्धा लडिदिने वकिल चाहिएको छैन । काठमाण्डौमा बसि बसि मधेसविद बनेकाहरुको बोलवाला छ मधेस भवनमा । संविधान अधूरो छ , विभेदकारी छ , यसको विरुद्ध आन्दोलनको विकल्प छैन । तर आन्दोलनको नेतृत्व कस्ले गर्ने ? । कामकाज, आर्थिक तथा नीतिगत अनियमितता, भाई– भतिजावाद , दलितमाथिको विभेद लगायतका मुद्दाहरुको सवालमा प्रदेश २ को सत्ताधारी रासपा पूर्ववर्ती काग्रेस,एमाले र माओवादी भन्दा फरक छ भन्न सकिन्न । रासपाका नेताहरुको चाल ढाल पनि पुरानै पार्टीका नेताहरु जस्ता छन् । मधेस आन्दोलनले राजनीतिक रुपले वैकल्पिक शक्तिकेन्द्र निर्माण हुने आशा गरिएको थियो । तर हुन सकेन् । अब आन्दोलनको ब्याज सकियो । पुनः पूजी थप्नु पर्ने बेला भएको छ । नेताजीहरु सुघ्रिनु होस । अब ब्याज सकियो । मैले यावत समस्याहरुको समाधान भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय अटलविहारी वाजपेयीको यस कवितामा देखेको छु । तपाईहरुलाई कस्तो लाग्यो कुन्नी –


आहूति बाकी , यज्ञ अधूरा ।
अपनों के विघ्नोंने घेरा ।
अन्तिम जय का वज्र बनाने ।
नव दधीचि हड्डियां गलाए ।
आओ फिर से दीप जलाएं ।।

Comment


Related News

Latest News

Trending News