अपडेट 
२०७७ भाद्र २७, शनिबार ०६:२२

शनिवार बाग्मतीसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वर्षाको प्रभावले देशभरको मौसम बदली रही मध्यम तथा भारी वर्षा हुनसक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ ।

केही दिन यता देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै शनिवार राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र प्रदेश ४ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाकाे भनाइ छ ।

Comment


Related News

Latest News

Trending News