![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/20200812_073449-01-e1597197370178.jpeg)
चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् ।
कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन् । खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै चितवनमा संक्रमितको संख्या १२ सय पुगेको छ ।