अपडेट 
२०७७ भाद्र २७, शनिबार १३:४६

चितवन । यहाँको एक वडा प्रहरी कार्यालयमा कार्यरत २६ जना प्रहरीलाई कोरोना देखिएको छ । ९५ जनाको दरबन्दी भएको वडा प्रहरी कार्यालय  नारायणगढमा हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र शनिबार मात्र २२ जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना संक्रमण भएको छ । यसमध्ये ५ जना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन् । थापाका अनुसार वडाबाटै नमूना संकलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले संक्रमित प्रहरीको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

Comment


Related News

Latest News

Trending News