अपडेट 
२०७७ भाद्र २७, शनिबार १४:३१

जनकपुरमा २ समुदायबीच झडप हुँदा प्रहरीले स्तिथी नियन्णमा लिन अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा २ पक्षबीच शनिबार बिहान झडप भएपछि प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए । केही दिनअघि सकिएको मुस्लिमहरूको मोहरम्म पर्वसम्बन्धमा सामाजिक सञ्जालमा कोही व्यक्तिले टिप्पणी गरेको विषयमा दुबै पक्षबीच झडप भएको थियो ।

दुबै पक्षबीचको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको उनले बताए । देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहाँ पठाइएको छ ।

स्थिति बिग्रन नदिन घटनास्थलमा ५५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दुबै पक्षका मानिस तितरबितर भएर अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी मिश्रको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News