अपडेट 
२०७७ भाद्र २९, सोमबार १३:४६

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा नियमित डायलाइसिस गराउँदै आएका ६ जनासहित सप्तरीमा सोमबार थप १६ जनामा कोरोना संक्रमण फेला परेको छ ।


अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एक डाक्टर तथा सर्जरी विभागमा काम गर्ने एक स्वास्थ्यकर्मी समेत रहेका छन् । यस्तै एक प्रहरी र करदाता सेवा केन्द्रका एक कर्मचारीमा पनि संक्रमणको पुष्टि भएको छ । संक्रमित हुने अन्यमा तिलाठी कोइलाडी गाउँपालिकाका ३, राजविराज नगरपालिका, सुरुङ्गा नगरपालिकाका २/२ तथा खडक नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका १/१ जना गरि कुल १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

संक्रमित डाक्टर र स्वास्थ्यकर्मीलाई होम आइसोलेशन तथा अन्य बाँकी संक्रमतिलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन सेन्टरमा राखी उपचार गरिने गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. झाले जानकारी दिएका छन् । सप्तरीमा यो समेत संक्रमितको कुल संख्या १ हजार ३४ पुगेको छ । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने ७ सय ३६ जना निको भई डिस्चार्ज भएर घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News