अपडेट 
२०७७ भाद्र ३०, मंगलवार ०६:१८

हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, आज बिहान प्रदेश २ को केहि स्थानमा पनि पानी पर्दै छ ।

आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती पनि प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News