अपडेट 
२०७७ भाद्र ३०, मंगलवार ०७:०२

खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा एउटा ग्यास भेटेका छन् जसले त्यहाँ जीवन भएको संकेत दिइरहेको छ । शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना जताइएको  छ । भेटिएको ग्यासको नाम फस्फिन हो । एउटा यस्तो अणु जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ ।

धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ । फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् ।

त्यसो भए शुक्र ग्रहमा यो ग्यास किन छन्, त्यो पनि ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनका सहकर्मीको मात्रै यहि प्रश्न छ ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक पेपर प्रकाशित गरेको छ जसमा उनीहरुले शुक्रमा फस्फिन भेटिएको आफ्नो निगरानीलाई विस्तारसँग लेखेका छन् । साथै आफ्नो अनुसन्धानबारे लेखेका छन् जसमा उनीहरुले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत् बनेको हुनसक्ने बताउने कोसिस गरेका छन् । यद्यपि, वैज्ञानिकको समूहले शुक्रमा जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News