अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १०:२८

जिल्ला प्रशासन कार्यालय सप्तरीले आज (मंगलबार)बाट नियमित कामकाज शुरु गर्ने भएको छ ।

सप्तरीमा निषेधाज्ञा हटाउने निर्णय भएसँगै नागरिकता र नागरिकताको प्रतिलिपी वितरणबाहेकका सबै कामकाज शुरु हुन लागेको कार्यालयका प्रवक्ता आनन्द ठाकुरले जानकारी दिए ।

मन्त्रिपरिषदको साउन २६ गतेको बैठकबाट भएको निर्णय र जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको निर्णयको आधारमा कार्यालय सञ्चालनमा आउन लागेको ठाकुरले जानकारी दिए । नागरिकता र नागरिकताको प्रतिलिपीबाहेक अन्य सेवा र कार्यहरु स्वास्थ्य सतर्कता एवं मापदण्ड पालना गरी सुचारु गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सोमबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय गर्दै भीडभाड हुन नदिने निर्णय गरेको थियो ।

Comment


Related News

Latest News

Trending News