अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १४:५५

रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका बजार र कार्यालयहरु अगामी असोज १ गतेदेखी खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सूचना प्रकाशित गरेर जिल्लाका बजारहरुमा रहेका सबै पसल तथा गैर सरकारी र सरकारी कार्यालय अगामी असोज १ गतेदेखी खुल्ने जनाएको हो । जिल्लास्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमवार बसेको बैठकको निर्णयअनुसार लगातारको बन्दाबन्दीले जनजीवनलाई थप कष्टकर हुन नदिन स्वास्थ सुरक्षा अपनाएर सेवा प्रवाह गर्ने निर्णय गरेको रौतहटका सिडियो ईन्द्रदेव यादवले जानकारी दिए ।

असोज १ गतेदेखि रौतहटमा खाद्य ढुवानी, निर्माण सामग्री ढुवानी, कुखुराको चल्ला, दाना, पानी, दुध, ईन्धन, फलफूल, तरकारी, झण्डावाल गाडी, निजी गाडी तथा जिल्लाभित्र चल्ने सबै सवारी साधन चलाउन पाईने सूचनामा उल्लेख रहेको छ ।

त्यसैगरी जिल्लाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, सबै प्रकारका पसल, ब्यवसायहरु, बंैक तथा वित्तिय संस्थाहरु, उधोग कलकारखाना खोल्न पाईने जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ । उललेखित सेवाहरु प्रवाह गर्दा स्वास्थ सुरक्षा भने अनपाउनुु आवश्यक रहेको जनाइएको छ । बिक्रेता तथा उपभोक्ताले सेनिटाईजर, मास्क तथा पञ्जाको अनिवार्य प्रयोग गर्नुपर्ने छ । त्यस्तै मास्क नलगाई आउने ग्राहकलाई मालसामान बिक्री गर्न नपाईने निर्देशन समेत दिइएको छ । साथै भौतिक दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । मठमन्दिर, मस्जिद, खेल मैदान लगायत कुनै पनि सार्वजनिक स्थलमा भेला हुन नपाइने जनाइएको छ । सबै प्रकारका सभा जुलुस, चाडपर्व सामुहिक रुपमा मनाउन प्रतिबन्ध गरिएको छ ।

विद्यालय, कलेज, क्याम्पस, सिनेमाघर सञ्चालन गर्न नपाईने सिडिओ ईन्द्रदेव यादवद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । निर्देशन विपरित गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानिय प्रशासन ऐन २०२८ अनुसार कार्वाही गरिने समेत सूचनामा चेतावनी दिइएको छ ।

Comment


Related News

Latest News

Trending News