अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १५:२०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको सबै विवरण सात दिनभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरु मध्ये कोभिड–१९ महामारीका कारण के कति विद्यार्थी विद्यालयभन्दा फरक जिल्ला र स्थानमा बसोबास गरिरहेका छन भन्ने तथ्यांक संकलन गर्न बोर्डले विवरण माग गरेको हो ।

परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० का उप–नियन्त्रक महेश्वर शर्माले विद्यार्थीको सबै विवरण बुझाउन सम्बन्धित विद्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News