अपडेट 
२०७७ भाद्र ३०, मंगलवार १६:१४

समाजीक अभियन्ता सरोज राय यादवले भारतबाट पुन : दुई नेपाली बालीकालाई उद्धार गरेका छन ।

विभिन्न कारणले वर्षौ देखि भारतमा फसेका बालबालिकालाई आफनो संस्थामार्फत पहल गरेर नेपाल फर्काउदै आएको अभियन्ता यादवले बारा र सप्तरीकि दुइ बालिकालाई वर्षो पछि नेपाल फर्काउन सफल भएका छन । बारा जिल्ला जितपुरको बालिकालाई दुई वर्ष पछि र सप्तरी जिल्ला डाकनेश्वरी नगरपालिकाको बालिकालाई एक वर्ष पछि परिवारसंग मिलन गराउन सफल भएको उनले वताए । बाराको बालिका घरबाट घुम्न निस्केको बेला एकजना महिलाले ललाई फकाई भारतमा पुरयाएकी थिइन । बालिकालाई दिल्ली लग्ने मनसायको साथ सिमाबाट विभीन्न शहरमा घुमाउदै घरमा बन्द गरेर राख्ने गर्थिन । एकदिन छरछिमेकले थाहा पाएछ र शंका लागेपछि प्रहरीलाई खबर गरे, प्रहरीको सहयोगबाट उक्त आईमाईको चुंगुलबाट छुटेर बेगुसराय स्थित बालिकागृहमा पुगेको समाजीक अभियन्ता रायले वताए ।

त्यसैगरि सप्तरीको बालिकालाई गांव कै एकजना केटाको प्रेममोहमा फंसेर र आफ्नै छिमेकमा बस्ने महिलाको सहयोग पाएर उक्त केटाले बालिकालाई लिएर भारत तिर लागे तर केटीको संजोग राम्रो थियो, भारतीय प्रहरीको नजरमा आइन र केटाबाट अलग भएर एक वर्ष देखि बेगुसरायको बालिकागृहमा पुगेको रायले वताए । दुवै बालिका वारे करिव ६–७ महिना पहिला भारतीय बालबालिका कल्याण समिती मार्फत जानकारी आफुलाई प्राप्त भएको वताउदै रायले घरको ठेगाना पता लगाई सम्पुर्ण कागजात दुरुस्त गरेर सम्वन्धित बालिकाको परिवारको साथै बालिका गृहबाट फर्काउन सफल भएको उनले टुडेकर्मीलाई बताए ।

समाजिक अभियन्ता सरोज राय यादवले यस भन्दा पहिले पनि दजनौ बच्चाहरुलाई भारतको विभिन्न बालगृहबाट फर्काइ सकेका छन ।

Comment


Related News

Latest News

Trending News