अपडेट 
२०७७ भाद्र ३०, मंगलवार २०:५७

सिराहा कारागारका थप १ सय ४८ कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । मंगलबार थप १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागारका निमित्त प्रमुख बविताकुमारी महतोले जानकारी दिइन् । संक्रमित सबै पुरुष हुन् ।

कारागारमा रहेका दुई जना आश्रित बालबालिकासहित १७ जना महिला कैदीबन्दीमा यसअघि नै कोरोना संक्रमण भइसकेको छ । योसँगै कारागारमा संक्रमित हुनेको संख्या २ सय ४१ पुगेको कारागार प्रमुख महतोले जानकारी दिइन् । संक्रमित सबैलाई कारागारकै आइसोलेसनमा राखिएको छ ।

१ सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले ५ सय ९६ जना कैदी बन्दीलाई राखिएको छ ।

Comment


Related News

Latest News

Trending News