अपडेट 
२०७७ भाद्र ३१, बुधबार ०९:४१

कोरोना संक्रमण भएर उपचार गराइरहेका सप्तरीका एक युवकको धरानमा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत सप्तरीको खडक नगरपालिका वडानम्बर ३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका अनुसार उपचारका लागि ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएका संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मृत्यु भएका संक्रमित व्यक्तिको मृगौलामा विगत एक वर्षयता समस्या भएर नियमित डाइलसिस गराइरहेको पाइएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार हप्तामा २ पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या देखिएको थियो । पछिल्लोपटक मृत्यु भएका सप्तरीका युवकसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमध्ये १४ जना प्रदेश २ र ३६ जना प्रदेश १ का छन् ।

Comment


Related News

Latest News

Trending News