अपडेट 
२०७७ भाद्र ३१, बुधबार १७:३६

नेपालमा बुधबार थप १५३९ जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५३९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।

यो संगै मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । बुधबार थप १०६८ जना डिष्चार्ज भएका छन् । यो संगै डिष्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल होम आइशोलेशनमा ७७०१ जना रहदा संस्थागत आइशोलेशनमा ८५४१ जना रहेका छन् । हालसम्म ८ लाख ७२ हजार २७४ वटा पिसिआर भएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १६,२४२ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा ७८२० जना रहेका छन् ।

Comment


Related News

Latest News

Trending News