अपडेट 
२०७७ आश्विन १, बिहीबार ०६:४०

भारतका केन्द्रीय सडक, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण भएको छ ।

मन्त्री गडकरीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री गडकरीले आफुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत जानकारी दिएका छन् । मन्त्रीले ट्वीटरमार्फत भनेका छन्ः ‘हिजो मैले आफुलाई कमजोर महसुस गरें र चिकित्सकहरुसँग परामर्श गरे । मेरो चेकअपका क्रममा कोरोना पोजेटिभ पुष्टि भएको पाइएको छ । सबैजनाको आर्शिवाद र स्वास्थ्यलाभका कामनाले म अहिलेसम्म ठिक छु । अब म केही दिन आइसोलेसनमा रहनेछु ।’

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रही कोरोना पोर्टोकलको पालना गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News