अपडेट 
२०७७ आश्विन १, बिहीबार १४:३५

वीरगञ्जमा असोज १५ गतेसम्मका लागि निषेधाज्ञा  लम्ब्याइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोभिड-१९को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि असोज १५ गते मध्यरातसम्म महानगरपालिका क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

जिल्लामा संक्रमण घटेर सुखद संकेत देखिए पनि बजारमा भिडभाड कायमै छ । मास्क, भौतिक दुरीलगायतका सावधानीको पालना भइरहेको छैन । वैशाखमा देखिएको पहिलो लहरको कोभिड नियन्त्रणमा आएपछि बजार खुलेसँगै वीरगञ्जमा दोस्रो संक्रमणको लहरको देखिएको थियो ।

संक्रमणको दर बढेपछि सरोकारवालासँग छलफल गरेर स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि साउन १० गतेबाट वीरगञ्जमा निषेधाज्ञा लगाइएको थियो । भदौं १९ गतेबाट निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले वीरगञ्जमा एकतर्फी पसल खोल्न अनुमति दिएको थियो भने भदौ २६ गतेदेखि शनिबार बाहेक सबै दिन वीरगञ्जमा विहान ११ बजेदेखि ४ बजेसम्म पसल खोल्न अनुमति दिइयो ।

प्रमुख जिल्ला अधिकारी असामान तामाङको अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले सार्वजनिक सेवा प्रवाहका लागि समेत अनुमति दिएको छ । कार्यालयहरुलाई अतिआवश्यकीय र जरुरी सेवा प्रवाह गर्दै अन्य सेवालाई प्राथमिकताको आधारमा निरन्तरता दिन भनिएको छ । प्रवेश विन्दुमा अनिवार्य तापक्रम मापन गर्ने, साबुन पानी वा सेनिटाईजरको व्यवस्था गर्नुपर्ने, लगबुक अनिवार्य राख्नुपर्ने लगायतका शर्त कार्यालय सञ्चालनका लागि राखिएको छ ।

Comment


Related News

Latest News

Trending News