अपडेट 
२०७७ आश्विन १, बिहीबार १२:४०

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित गरिमा विकास बैंक लिमिटेडले आफ्नो शाखा कार्यालय बिस्तार गरेको छ ।


बिहिबार बिश्वकर्मा पुजाको अवसर पारेर अनौपचारीक रुपमा गरिमा बिकाश बैंक लिमिटेड चन्द्रपुर शाखा कार्यालयले आफ्नो ९४ औं शाखा बिस्तार गरेको हो । सो शाखा कार्यालयको उद्घाटन सोही बैंकका शाखा प्रबन्धक बिन्देश्वर प्रसाद सिंहले अनौपचारीक रुपमा गरेका छन् ।
सो बैंकले चन्द्रपुर शाखा कार्यालयका संगै नेपालको अन्य ६ ठाउमा शाखा बिस्तार गरेको शाखा प्रबन्धक सिंहले जानकारी दिएका छन् । चन्द्रपुर शाखा कार्यालयले यस क्षेत्रको पूँजी परिचालन तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको शाखा प्रवन्धक सिंहले बताएका छन् ।

चन्द्रपुर शाखामा विस्तार भएको गरिमा विकास बैंक लिमिटेडले एटीएम सेवा बाहेक बाँकी सम्पुर्ण सेवा प्रवाह गर्ने प्रवन्धक सिंहले जानकारी दिएका छन् । सो बैंकको अनौपचारीक उद्घाटन कार्यक्रममा चन्द्रपुर शाखाका बिभिन्न बैंकका शाखा प्रबन्धकहरुले बैंकको सफलताको शुभकामना दिएका थिए ।

Comment


Related News

Latest News

Trending News