अपडेट 
२०७७ आश्विन १, बिहीबार १५:४१

बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–१७ जैतानपुरमा असोज १ गते १:३० बजेको समयमा काठ तस्कर र वन रक्षकबीच गोली हानाहान भएको छ ।

मधुवन सव डिभिजन वन कार्यालय अन्तर्गत जैतापुर पोष्ट र हलखोरिया साझेदारी वनको डकाहा पोष्टको समुहगत गस्ती गर्ने क्रममा वन गस्ती समूहलाई लक्षित गरेर तस्कर समूहले २ राउण्ड गोली चलाएपछि वन गस्ती टोलीले पनि जवाफमा १ राउण्ड फायरिङ्ग गरको डिभिजन वन कार्यालय बाराले जनाएको छ । जवाफी फायरिङ्ग गरेपछि १० थान गोली, १० थान साइकल र एकजना तस्कर प्रक्राउ गर्न सफल भएको तर अन्य तस्करहरू काठ छाडेर भाग्न सफल भएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमतले जानकारी दिनु भयो । उक्त घटनामा बारा जिल्ला रौयामाई गाउँपालिका-४ का करिब ४८ वर्षीय स्माईल मियाँ प्रक्राउ परेको उहाँले जानकारी दिनु भयो ।

लकडाउन भएदेखि बारामा वन र वन्यजन्तु तस्करीका घटना बढ्न थालेपछि वन गस्तिमा सक्रियता बढाएको डिभिजन वन कार्यालय सिमराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News