अपडेट 
२०७७ आश्विन १, बिहीबार १७:१५

गएको २४ घण्टा अवधिमा नेपालभरी १ हजार २ सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ पुगेकाे छ ।

७ हजार ८ सय ८३ जना क्वारेण्टाइनमा रहेकाे मन्त्रालयले बताउँदै गएको २४ घण्टा अवधिमा १० हजार ६ सय ४१ जनाकाे पीसीआर परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा सङ्क्रमण देखिएकाे र १ हजार २ सय ४३ जना निकाे भएर फर्किएका छन् । यो सँगै कुल डिस्चार्ज संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । त्यसैगरी, १६ हजार २ सय ४१ जना सक्रिय सङ्क्रमित देशभरिका आइसाेलेशनमा रहेका छन् भने त्यसमध्ये आईसीयूमा १ सय ८२ जना र भेन्टिलेटरमा ३९ जना सक्रिय सङ्क्रमितहरू रहेका छन् ।

गएको २४ घण्टामा चार जनाको ज्यान गएको छ र यो सँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ३ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनु भयो ।

Comment


Related News

Latest News

Trending News