अपडेट 
२०७७ आश्विन २, शुक्रबार १७:०६

नेपालमा शुक्रबार थप २०२० जनामा कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ६३९ महिला र १३८१ पुरुष गरि थव २०२० जनामा कोरोना पुष्टि भएको हो । शुक्रबार उपत्यकामा थप ८५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौमा ६९८ , ललितपुरमा ७९ र भक्तपुर ८२ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६१५९३ जना पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप सात जनाको मृत्यु भएको छ भने हालसम्म ३९० जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको १७,३८३ संख्या रहेको छ । शुक्रबार ८७१ जना डिष्चार्ज भएका छन् भने हालसम्म ४३८२० जना डिष्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

हाल क्वारन्टाइनमा ७,७३६ जना रहेका छन् । त्यस्तै होम आइशोलेशनमा ८ हजार ८८ जना रहदा संस्थागत आइशोलेशनमा ९२९५ जना रहेका छन् । हालसम्म ८,९४,३७३ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News