अपडेट 
२०७७ आश्विन २, शुक्रबार १८:३१

लामो समय देखि प्रतिक्षारत रहेको नेपाली रेल जनकपुरधामदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आइपुगेको छ । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो ।

६ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।नेपाल रेल्वे कम्पनीका सिनियर डिभिजन इन्जिनियर देवेन्द्र प्रसाद साहले जनकपुरधामदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार दिनको २ बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको जानकारी दिए । जनकपुरधाममा रेल सञ्चालन हुने प्रतीक्षाको घडी अब समाप्त भएको उनले वताए । रेल आउने कार्यक्रममा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी, रेल विभागका महानिर्देशक, रेल्वे कम्पनीका महाप्रबन्धक लगायतका पदाधिकारीको सहभागिता रहेको थियो । भारतका तर्फबाट कोङ्कर्ण रेल्वे कर्पोरेसनका बीस जना उच्च प्राविधिकको सहभागिता रहेको थियो ।

नेपाली अधिकारी शुक्रबार बिहानै जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’ पुगेका थिए र त्यहाँबाट भारतीय पदाधिकारीसँगै रेलमा चढेर जनकपुर आएका थिए । भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएका ती रेल जयनगर हुँदै जनकपुर आइपुग्न करिब चार घण्टा लागेको थियो । यता जनकपुरधाममा रेल्वे आएपछि जनमानसमा खुसीको लहर छाएको छ । रेल आएपनि संचालन हुन केहि दिन लाग्ने छ तर पनि जनकपुरधामका व्यवसायीहरुले साकारात्मक प्रतिक्रिया जनाएका छन । जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले रेलको प्रवेस संगै जनकपुरधामको व्यपार व्यवसाय फस्टाउने र यसले जनकपुरधामको विकास लहरनै ल्याउने वताए । रेल्वे वन्द भएपछि ठप्प रहेको जनकपुरधाम भन्सार पुनः चलयमान हुने भएको छ ।

भन्सार कार्यालय जनकपुरधामका प्रमुख रामेश्वर मिश्रका अनुसार रेल संचालन पछि इनरवा भन्सार हुदै व्यपारीहरुको सामान भित्रीने भएको र अन्य माध्यमको तुलनामा खर्च कम हुदा बढि ढुुवानी हुने र यसबाट राजश्व पनि बढि आउने बताए ।यस भन्दा अन्य माध्यम भएर धनुषाको छोटी भन्सार जटही भएर आउदा राजश्व कम आउदै गरेको वताए । प्राप्त जानकारि अनुसार दुईटै रेल शुक्रबार जनकपुरधाम रेल्वे स्टेसनमा नै रहनेछन्, दुवै मुलुकका उच्च पदाधिकारीको रोहवरमा परीक्षण गरिनेछ, रेल शनिबार पुनः जयनगरस्थित ‘नेपाल रेल्वे स्टेसन’मा पुगेपछि त्यही पार्किङ हुनेछ । कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म दुइटै रेल जयनगरमा राखिने छ ।

Comment


Related News

Latest News

Trending News