अपडेट 
२०७७ आश्विन ३, शनिबार ०६:११

झण्डै एक दशकको उत्कट प्रतिक्षा पश्च्यात् बहुचर्चित जनकपुर रेल्वे ( हाल नाम परिवर्तन गरी नेपाल रेल्वे ) पुन : संचालनमा आउने भएको छ । रेल संचालनको लागी आवश्यक भौतिक पूर्वाधार कमोवेश तयारी अवस्थामा रहे पनि ईन्जन , बोगी , रेलसंचालन सम्बन्धी कानून तथा कर्मचारीको आभावमा गत दुई वर्षदेखि रेल संचालन हुन सकेको थिएन ।

सरोकारवाला मन्त्रीहरु ,रेल विभागका महाप्रवन्धक तथा भारतीय राजदूतले पटक पटक रेल संचालनको तिथि मिति निर्धारण गरे पनि रेल संचालन हुन सकेको थिएन । तर शुक्रवार दुई सेट रेल जनकपुर छिरेसंगै जनकपुरवासी रेल चल्ने कुरामा विश्वस्त बनेका हुन् । यद्यपि नियमित रेल संचालन हुन अझै केही महिना लाग्ने देखिन्छ । केही दिनअघि नै जयनगर आई पुगेको रेलसेट शुक्रवार जनकपुर आउदा स्थानीयवासी खुसीले हुरुकै भएका थिएि । कोरोनाको संभावित संक्रमणबाट वेपर्वाह हजारौं जनकपुरवासी विहान साढे दश वजेदेखि नै रेल्वे स्टेशन वरिपरि भेला हुन सुरु गरि सकेका थिए । तर झण्डै साढे तीन घन्टाको उत्कट प्रतिक्षा पश्च्यात रेल जनकपुर आई पुगेको थियो । नेपाली झण्डाको रंगका रंगिएको रेल देखेर सबै प्रशन्न भएका थिए । रातो र निलो रंगले सृंगारिएको रेलसेट जलाद पूल पार गरेपछि स्थानीयवासी जयकारा लगाएका थिए – जय जय सियाराम । यस अघि भारतको जयनगरबाट २९ किलोमीटरको दूरी पार ब्लास्ट(फुटालेको ढुंगा) बोकेर भारतीय रेल्वेको ईआरओडीई ११२२२ एसआर नामक रेल जनकपुर पुग्दा स्टेशनमा यस्तै जमघट लागेको थियो तर त्यतिवेला कोभिडको झमेला थिएन ।

यस वर्ष कोबिट जोखिमबीच स्टेशनमा हजारौं व्यक्तिको जमघट र यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले देखाएको उदाशीनता प्रतिउत्पादक हुन सक्ने आशंका विज्ञहरुको छ । रेल्वे स्टेशनमा परिचालन गरिएका सुरक्षाकर्मीहरु पनि रेल आएको तमासा हेर्नै व्यस्त देखिन्छ । भौतिक दूरी बनाई राख्ने विषयमा न रेल व्यवस्थापनले चासो राखेको देखियो नत स्थानीय प्रशासनले । झण्डै एक दशकदेखि रेल सेव अवरुद्ध भए पछि बेरोजगार बनेका स्थानीय व्यावसायीमात्र होईनन् , घुमाउरो बाटोबाट गन्त्व्य सम्म जान बाध्य सर्वसाधारणको पनि खुसीको सिमा रहेनन् । सबैको एउटै स्वर थियो– ‘ आफ्नै मुलुकको झण्डा भएको ब्रोडगेज रेलमा सरर…सफर गर्ने जनकपुरियाको सदीक्षा पूरा हुने भयो । चल्ने भए , छुकछुक रेल…..’ भारत सरकारको झण्डै १० अर्बको लगानीमा जारी रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना अन्तर्गत प्रथम चरणमा भारतको जयनगरदेखि कूर्थासम्मको ३५ किलोमीटर रेल सेवा संचालन गर्ने गृहकार्य रेल विभागको छ । विभागका महाप्रवन्धक बलराम मिश्र नियमित रेल संचालन गर्न अझै केही महिना लाग्ने बताउ“छन् । उनको कथन थियो – ‘ हाम्रो योजना दशैंदेखि रेल संचालन गर्ने हो । हेरौं के हुन्छ निर्माण समेत हुन सकेका छैनन् । कर्मचारी व्यवस्थापन तथा संरचना निर्माणमा अझै केहि महिना लाग्न सक्ने दावी स्थानीयवासीको छ । खजुरीका सुनिल मण्डल विजुली,खानेपानी तथा सौचालय आदिको व्यवस्था गर्न दुई तीन महिना लाग्ने बताउ“छन ।

उता महाप्रवन्धक मिश्रले एक महिनाभित्र सम्पूर्ण तयारी भई सक्ने दावी गर्छन । १९९४ सालमा तत्कालीन ब्रिटिशकालमा महोत्तरी जंगलबाट साखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२किलोमिटर) सम्म संचालनमा थियो तर २०५९ सालमा आएको बाढीबाट विग्ही पूल क्षतिग्रस्त भए यता रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सिमित हुन पुगेको थियो । प्रस्तावित रेल विस्तार तथा स्तरोन्नति परियोजना अन्तर्गत रेलसेवा पूर्व—पश्चिम राजमार्गमा पर्ने बर्दीवाससम्म विस्तार गरिने योजना छ । पहिलो चरणमा जयनगर(भारत)– जनकपुर–कूर्था(३५ किलोमीटर)को रेल सेवा संचालन गर्ने तयारी हुदै छ । दोश्रोचरणमा कूर्था–भंगहा ( १७ किलोमीटर ) तथा तेश्रो चरणमा भंगहा– बर्दीवास( १७ किलोमीटर) गरी कूल ६९ किलोमीटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना अगामी तीन वर्ष भित्र पूरा हुने रेल्वे विभागका महाप्रवन्धक बलराम मिश्रको कथन छ । यद्यपि दुई देश बिच सम्पन्न समझौता अनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना २०१६ मई सम्ममा सम्पन्न भई सक्नु पर्ने उल्लेख थियो तर विभिन्न बहाना बनाएर सरकारी वेवास्ताको कारण रेल संचालन हुन चार वर्ष ढिला भई सकेको छ । पूर्व भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले २०१८ को अक्टुवरसम्म रेल कुद्ने वाचा गरेका थिए भने भारतीय राजदूत मञ्जितसिह पुरी तथा नेपाल रेल विभागका डिजी बलराम मिश्रले पनि भौतिक पूर्वाधार तयार भई सकेकोले रेल संचालन गर्न कठिनाई नरहेको प्रतिक्रृया दिएका थिए तर रेल संचालनमा आउन सकेन ।

रेल संचालन हुन किन ढिलाई भयो ? स्थानीयवासी हाकाहाकी भन्छन् – संघीय सरकारको जनकपुरप्रतिको उपेक्षा । तर दुई थान रेलसेट नेपाल भित्रिएसंगै रेल कुन पार्टी , सरकार वा नेताको प्रयासले आयो भन्ने झ्याली पिटिन थालेका छन् । प्रधानमन्त्री ओलीका समर्थक संजीवकुमार सुरज झा आफ्नो फेसबूक वालमा टैग गरेका छन् –पाइपलाईनबाट तेल , जनकपुर–जयनगर रेल । सुरु भयो सम्वृद्धि र विकासको खेल । ’ यता नेपाली कांग्रेस समर्थित युवा पंकज महतो आफ्नो फेसबूकमा टैग गरेका छन् – नेपाली काग्रेसका केन्द्रिय उपाध्यक्ष तथा पूर्व भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधीको पालाको आयोजना वल्ल पूरा भयो । अर्को तर्फ पूर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले आफू सांसद हुदा जनकपुर रेल्वे बारे ध्यानाकर्षण प्रस्ताव राखेपछि रेल विस्तार परियोजना बारे भारतसंग सार्थक सम्वाद सुरु भएको दावी गरेका छन् । तर रेल संचालन हुन चार वर्ष किन ढिलो भयो ? यसको जिम्मेवारी लिन कोही तयार छैन । वाहरे नेताजी तथा उनिहरुका कार्यकर्ताहरु – चित्तो अहीक आ पट्टो अहिंक ??

Comment


Related News

Latest News

Trending News