अपडेट 
२०७७ आश्विन ३, शनिबार ०७:१०

जनता समाजवादी पार्टी नेपालले असोज ३ गते (आज) रहेको संविधान दिवस नमनाउने निर्णय गरेको छ । शुक्रबार बसेको जसपाको बैठकले संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको हो ।

यता सरकारले संविधान दिवस मनाउने घोषणा गरेको छ । संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने निर्णय गरेको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए ।

संविधान संशोधनद्धरा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा आज शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना पार्टी कार्यकर्तालाई आह्वान गरेको छ ।

राजपा नेपालसँग एकीकरण गरी जसपा नेपाल बनाएको सजमावादी पार्टी सरकारमा भएको कारणले गतवर्ष संविधान दिवसमा भाग लिएका थिएन भने उता कुनै विरोधका कार्यक्रम पनि गरेका थिएन तर त्यही राजपा नेपालले असोज ३ लाई कालोदिवसका रुपमा मनाएको थियो ।

यसपाली कालो दिवसको रुपमा नमनाएर संविधान संशोधनको माग गर्दै विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

मधेश आन्दोलन चलिरहेकै बेला २०७२ असोज ३ गते नेपालको संविधान २०७२ घोषणा भएको थियो ।

उक्त संविधानलाई कुनै पनि हालतमा नमान्ने अडानमा रहेका तत्कालिन संघीय समाजवादी फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीयत सदभावना पार्टी लगायतको मधेशवादी दलहरु पछि पुनः सोहि संविधानलाई आत्मसात गरी चुनावमा भाग लिएका थिए ।

संविधानलाई नै टेकेर चुनाव लडेर मेयर, सांसद, मन्त्री बनेका मधेशवादी दल संविधान बमोजिम नै तलबभत्ता लिइरहेका छन् । तर सोहि संविधानको विरोधमा विभिन्न कार्यक्रम घोषणा गर्दा जसपाको आलोचना भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News