अपडेट 
२०७७ आश्विन ३, शनिबार १०:०३

रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहपुर ५ की ६० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार भदौ २८ गते आकस्मिक कक्षमा भर्ना भएकी उनलाई ल्याउनेवित्तिकै आइसियूसहित भेन्टिलेटरमा राखिएको थियो । उनमा भदौ २९ गते कोरोना संक्रमण पोजेटिभ आएको थियो । ती महिलालाई निमोनिया, थाइराइड र उच्च रक्तचापको समस्या समेत भएको पाइएको डा. लम्सालले जानकारी दिए । योसँगै चितवनमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने जिल्लाका मात्रै १७ जना छन् ।

Comment


Related News

Latest News

Trending News