अपडेट 
२०७७ आश्विन ४, आईतवार ०६:०३

सतहत्तर सालको संविधान दिवस बिहानै सकियो । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली एकअर्कालाई देखेर मुस्कुराएकी मुस्कुराएनन ? थाह हुन सकेन । दुबैले मुखमा मास्क लगाएका थिए । हातमा मेडिकल पन्जा कसेका थिए ।

प्रम ओलीको भाषण संविधानमाथि कटाक्ष जस्तो लाग्दथ्यो । संविधानको नाममा उनी एउटै कुरा बोली रहेका थिए पोहोर पनि र अहिले पनि । उनी रचनात्मक भै दिएको भए, देशको प्रमुख कार्यकारीका रुपमा, संविधानका कमजोरी औंल्याउन सक्ने एकमात्र आधिकारिक ब्यक्ति उनै थिए । तर, उनी एकात्मक राज्य ब्यबस्थाका हिमायती हुन । संघीयता र समावेशी लोकतन्त्रमा उनको आस्था देखिदैन । उनको नेतृत्वमा प्रदेश सरकारहरु कमजोर भए । उनका अधिकारहरुको सीमाङ्कन गरियो । स्थानीय सरकारको अवस्था पनि प्रदेशभन्दा अलग भएन । केन्द्रीकृत शासनप्रति प्रम ओलीको चरम मोह नेपालमा संघीयताको भबिष्यका लागि खतरा हो । नेपालको बिकास एकात्मक राजनीतिबाट हुन सक्दैन । यो प्रमाणिक कुरा हो । अहिलेको संविधानमा संघीयताको उल्लेख छ । तर, त्यसका आयाम र अर्थहरु सीमित छन ।

संविधान दिवसका दिन प्रधानमन्त्रीले भूmठबोल्न नपर्ने हो । तर प्रम ओलीले बोले । उनले भने – मैले पटकपटक भन्दै आएकोछु भ्रष्टाचार गर्दिन, गर्नदिन्न र भ्रष्टाचारीका बिरुध्दबोल्दा मुखमा पानी हालेर बोल्दिन । उनका अनुसार, भ्रष्टाचारको छानबीन भएकोछ । छानबीन त यसअघि पनि हुने गरेको थियो । पहिलेका भ्रष्टहरुले कम्तीमा औषधि– उपकरणमा यति ब्यापक भ्रष्टाचार गरेका थिएनन होला । कोरोनाको चापमा प्रम ओलीको नाममा, उनको इशारामा र उनको आशिर्वादमा कति अरबको भ्रष्टाचार भयो मानिस मुक्त भएको बताएछन र भनेछन, नेपालमा ‘राम्रा कामका समाचार बनाउने मन मुटु भएका’ सम्पादक नै छैनन । त्यस्ता सम्पादक प्रम ओलीकै काख–पोल्टामा छन । उनकै संरक्षण पाएर हुर्किदैछन । सरकारले काम गरेको छ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रसारणगर्ने टेलिभिजन छैनन भने के भो त ? सरकारको काम त कामगर्ने नै हो । सरकारले प्रचार खोज्ने होइन, कामको परिणाम खोज्ने हो ।

त्यस्ता कामबारे छाप्ने पत्र–पत्रिका छैनन भन्ने गुनासो प्रधानमन्त्रीले गर्दैनन । नेपाली सम्पादकहरु मुटु र मन नभएका छैनन । छैनन भन्नु ओलीको दृष्टिदोष हो । प्रम ओलीका आफनै संचार माध्यम छन । देशमा सबैभन्दा शक्तिशाली टेलिभिजन र रेडियो स्टेशनको स्वामित्व सरकारकै छ । यसको पूर्ण संचालन सरकार आफैले गर्दछ । यो अवस्थामा प्रम ओलीले ‘मन र मुटु’ भएका सम्पादक निजी क्षेत्रमा नदेखेका हुन । यो त्यति ठूलो कुरा होइन । प्रम ओलीले मन र मुटु भएका सम्पादकहरुको खोजी गर्दै गर्दा देशको संचार क्षेत्रलाई निकै ठूलो संकटले घेर्न लागेको आभाश भै रहेको छ । संसदमा प्रस्तुत गरिएको सूचना प्रविधि ऐनमा सार्वभौम जनताको मौलिक अधिकारप्रति राखिएको तुच्छ दृष्टिका बारेमा यहाँ केही लेखि रहनु नपर्ला । प्रसंगमा, हालसालै प्रधानमन्त्री निवासमा आयोजित ेपाल कम्युनिष्ट पार्टीको ‘प्रेस बिभाग’ स्थापनाको क्रममा कार्यकर्ताहरुले पार्टीका अध्यक्षव्दय र अन्य नेताका अघिल्तिर उभिएर मुडकी उज्याउँदै शपथखाने जुन घटना भयो त्यो आफैमा बिरक्तलाग्दो थियो ।

प्रधानमन्त्री ओलीको ब्यक्तित्व दुइ भागमा बिभाजित छ । पहिलो भागमा उनी साह«ै निम्नस्तरको परिवारबाट आएका ब्यक्ति, त्यत्रो बर्ष जेलको गोलघरमा हातमा हतकडी र गोडामा नेल ठोकेर सडाइएका नेता, उनमा पक्कैपनि तीखो राजनीतिक चेतना होला भन्ने जनताको अनुमान छ । उनले कम्तीमा पनि देशमा बलियोसंग जरा गाडेको सामन्तवाद र नव–सामन्तवादका बिरुध्द निर्णायक संघर्ष चर्काउनेछन भन्ने आशा धेरैले राखेका थिए । त्यसको ठीक उल्टो, प्रम ओलीका अभीष्टहरु अरु नै रहेछन । दुःख पाएको अवस्थामा उनलाई सामन्तवादको अन्त्यगर्न होइन आफैं महासामन्तको भूमिकामा देखिएर उनीहरुकै जस्तो काम वा नकाम गर्नमन लागेछ । हो, पसन्द अपना अपना, ख्याल अपना अपना । आजका केपी ओलीलाई हेर्ने कसैले पनि उनको अहिलेको ठस्सा कुनै सामन्तको भन्दा कम देख्ने छैनन । उनका पहिरन, उनले समानधर्मी राजनीतिक संगगर्ने ब्यबहार, उनको परिवेश कुनै साहुकार वा विचौलियाको भन्दा कम छैन । संविधान दिवसको दिन त कमसेकम भूmठ नवोल्नु नि । तर, कसले रोक्ने प्रम ओलीलाई ? आजको दिनमा सबैले यो महसूस गरेका छन, देशमा संकट छ भने त्यो संकट संविधानमा नै छ । “फाष्टट्रयाक” मा बनेको यो संविधान जनताको सम्मतिमा बनेकै होइन ।

सुवास नेम्वाङ्ग लगायतका डिग्रीधारी कानूनचीहरुको छलकपटमा बनेको संविधान हो यो । यो संविधानको निर्माण किन बडो हतारमा भयो ? अहिले यो प्रश्नको जवाफ कसैले दिन सक्दैन । संविधान निर्माता भनिएका कसैलेपनि एक्लाएक्लै कुरागर्दा संविधान निर्माणमा आफनो दायित्व स्वीकार गर्दैन । २०७२ असोज ३ गते संविधान जारी नभए भारतले यसको अपहरणगर्ने भय र आशंकामा डुबे नेताहरु । संविधान बनाउने पात्रहरु अति नाटकीय र लफडाबाज थिए । प्रदेश सीमांकनको नाममा चलेको गोली, मधेशमा मारिएका जनता, कैलालीमा आदिवासी थारुहरुको निर्मम दमन – के मात्र भएन संविधानको नाममा । आदिवासी थारुहरु गाउँ छाडेर सीमा बाहिर गए ज्यान जोगाउन । जेलमा बसेर चुनाव लडेका लोकप्रिय सांसद रेशम चौधरी अहिलेसम्म जेलमा छन । गणतान्त्रिक संविधान जारी हुँदाका समयको असन्तोष कम थिएन । देशमा त्यत्रो परिवर्तनकारी संविधान जारी हुँदैछ । उत्साह कसैको मुखमा देखिएको थिएन । राष्ट्रपति डा.रामवरणयादवले त विभिन्न कोणबाट संविधान मन्चको परिक्रमागर्दै संविधानको किताबलाई ढोगेर आफनो असन्तोष र ब्यंग्यको खुला प्रदर्शन गर्नु भएको थियो ।उहाँको संकेत कसैले बुझयो कि बुझेन ? भन्न सकिदैन । यो देशमा मानिसहरु बुझेको कुरा अभिब्यक्तगर्न लजाउँछन । यो संविधानबाट अतृप्त छ जनता । राजनीतिक दलका नेताहरुले बुझनु पर्दछ अतृप्त जनताको प्यास चर्को हुन्छ । अहिले संविधान वमको रुपमा रहेको छ ।

समयमा यसको संशोधन नहुने हो भने यो संविधान वम पडकिनेछ । सबैमा चेतना आओस । खासगरेर कथित वामपन्थीहरुले संविधान सुरक्षाका नाममा अग्नि नृत्य नगरुन । यो संविधान देशका लागि पर्याप्त छैन ।

Comment


Related News