अपडेट 
२०७७ आश्विन ४, आईतवार १५:५४

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार पुनः बस्ने गरी सकिएको छ । पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा आइतबार बिहान ११ बजे बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेको छ।

पार्टी एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ । नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए ।

यसैगरी नेकपाको सोमबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News