अपडेट 
२०७७ आश्विन ४, आईतवार २०:५७

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–४ का ७८ वर्षीय र वडा नम्बर-६ का ८८ वर्षीय दुई वृद्धको मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मा उपचारका क्रममा ७८ वर्षीय संक्रमितको मृत्यु शनिबार अपरान्ह ४ बजे भएको कोभिड फोकल पर्सन डाक्टर अरसफ हुसैनले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३१ गते भर्ना भएका उनी प्यारालाइसिस र लिभरको पुराना रोगी थिए । उच्च रक्तचापको पनि समस्या उनमा थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज–६ बस्ने ८८ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । आइतबार बिहान १२ः १५ बजे नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उच्च रक्तचाप, किड्नी, दम र मुटुसम्बन्धी रोगबाट ग्रसित उनमा शनिबार बेलुका ८ बजेतिर कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ पुगेको छ । मृत्यु भएका मध्ये पर्साका ४४ जना, बाराका १३ जना, रौतहटका ५ जना र सर्लाहीका १ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

Comment


Related News

Latest News

Trending News