अपडेट 
२०७७ आश्विन ५, सोमबार ०६:१५

कोरोना भाइरस (कोभिड(१९)को संक्रमित संख्या दिन प्रतिदिन बढ्दै गइरहेको कारण विद्यालय, क्याम्पस लगायतको ठाउँमा नियमित (Face To Face) पठनपाठन अवरुद्ध रहेको कुरो सर्वविदित नै छ।

कोरोना भाइरसको संक्रमण दर शुरुका दिनमा कम रहेको बेलामा भय, डर र त्रास अध्याधिक मात्रामा रहेको थियो र मुलुकमा लकडाउनको घोषणा भई लामो समयसम्म लकडाउन रहयो। विस्तारै संक्रमणको दर कम हुदैँ जाँदा विद्यालय, क्याम्पस पुनः संञ्चालन हुने ठूलो आशा र भरोसा जागेको थियो र कोरोना भाइरस रोग सँगको भय, डर र त्रास पनि कम हुँदै गएको थियो। लामो समयसम्म रहेको लकडाउन पनि खुकुलो हुँदै जान थाल्यो। जब लकडाउन खुकुलो हुँदै गयो तब पुनः कोरोना भाइरस (कोभिड(१९)को संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थाल्यो। यस्तो समय परिस्थितिमा विद्यालय, क्याम्पस लगायतका शिक्षण सिकाइ हुने स्थानमा नियमित पठन पाठन नभएसम्म आ आफ्नो स्थानरपरिवेश अनूकुल सिक्ने र सिकाउने वातावरण सिर्जना गरी अनलाइन र भर्चुअल कक्षा सञ्चालन गर्नु आजको नितान्त आवश्यकता हुन गएको छ । यदि इन्टरनेटको माध्यमद्वारा Television , Laptop, Mobile etc, लगायतको उपकरणबाट लिने कक्षा अनलाइन र भर्चुअल कक्षा हो । अनलाइन र भर्चुअल कक्षामा एउटै समयमा दुई किसिमको ज्ञान (Knowledge)को विकास हुन्छ ।

एउटा विषयवस्तु र अर्को Inormation Technology  सँग सम्बन्धित ज्ञानमा अभिवृद्धि हुन्छ र विद्यार्थीहरु Electric Service सँग परिचित भएपछि दैनिक जीवनमा आइपर्ने समयमा समाधान गर्न सकिन्छ। जस्तैः घरबाट नै E-Sewa मार्फत विजुली बिल तिर्न, वैङ्किक सेवा लिने, अनलाइन भर्ना,Online Class, Online Marketting र online अन्य कार्यहरु गर्न सक्छन्। Online Class Self Learningn Concept सिकाउँछ । यसमा शिक्षक, सहजकर्ता, प्रशिक्षकले सामग्रीहरु खोजेर आफैँ अध्ययन गरेर सिकाउनु पर्ने हुन्छ । किनकी Online Class मा अभिभावक लगायत सबैले हेरिरहेको हुन्छ।

White Board मा पढ्ने चलनलाई छाडेर कोरोनाको कारणले गर्दा विद्यार्थी Television, Mobile र Laptop लगायत प्रनिधियुक्त सामग्रीमा पढ्ने वातावरणको सिर्जना गरिदियो । विकसित मूलुकहरुमा पहिलादेखिअनलाइन र भर्चुअल कक्षा स्थान लिएको थियो । हाम्रो मूलुकमा पनि विस्तारै जाने क्रम चलेको थियो। तर कोरोना भाइरस (कोभिड– १९) को कारण हवात्तै प्रविधिसँग जोड्न बाध्यबनायो । त्यसैले अब सबै किसिमको negativism लाई छाडेर positivism सोचाईका साथ अनलाइन र भर्चुअल कक्षामा जोड दिनु आजको आवश्यकता हुन गएको छ । अनलाइन र भर्चुअल कक्षाको लागि अभिभावकले राम्ररी व्यवस्थापन गरिदिन सहयोग गर्नु पर्दछ । किनकी आजको बालबालिकाहरुमा अभिभावक सहयोग, प्रोत्साहन, अनुगमन र नियमित सुपरीवेक्षण गरेमा हाम्रो बच्चा राम्रो तरिकाले सिक्न सक्छन् र गर्न सक्छन्। पहिला कक्षा कोठाको अनुशासन Maintainगर्नल्य Mobile भनि सिकाइन्थयो । तर कोरोना कालको परिस्थितिले गर्दा आज सिक्न र जान्नको लागि Yes Mobile तथा समयानुकुल प्रविधिसँग जोड्न सिकाइन्छ ।

अनलाइन र भर्चुअल कक्षामा रेकडिङ्ग गरेका डकुमेन्टलाई दोहराएर वा सोभन्दा बढी हेर्न सकिने भएकोले सिकाइ भरपर्दो तथा गुणस्तरिय हुन जान्छ। शिक्षकले बढीभन्दा बढी तयारि गरेर Materials सहितको कक्षा सञ्चालन गर्दा भर्चुअल कक्षा प्रभावकारी हुन जान्छ र आवश्यकता अनुसार २४ घण्टै अनलाइन तथा भर्चुअल कक्षाद्वरा सिकाइ गर्न सकिन्छ । त्यसैले अहिलेको कोरोनाको संक्रमण दर बढ्दै गइरह्यो भने अनलाइन र भर्चुअलको माध्यमद्वरा विद्यार्थी भर्ना, पठन पाठन, परीक्षा, मूल्याकंन लगायत सम्पूर्ण काय गर्नु पर्ने हुन जान्छ । शिक्षकहरुलाई दुर शिक्षा (सामाजिक सञ्जाल, इन्टरनेट, मोबाइल एप्स, रेडियो, टेलिभिजन आदिको माध्यमबाट विद्यार्थीहरुलाई सहयोग गर्न विषेयगत अभिमुखिकरण वा तालिम दिई सक्षम बनाई ICT Friendly हुन सक्नु पर्दछ । इन्टरनेटको पहुँच नभएको स्थानहरुको हकमा रेडियो, टेलिभिजन, मोबाइल एप्स तथा सामाजिक सञ्जालको प्रयोग शिक्षण सिकाइ सम्बन्धित रहेर गर्नु र गराउनुमा सबै पक्ष महत्त्वपूर्ण भूमिका हुन गएको छ । बन्दाबन्दी (लकडाउन) तथा कोरोना समयकालको अवधिभरी विद्यार्थीहरुलाई बढीभन्दा बढी ज्ञान हासिल गर्नको निम्ति सूचना तथा सञ्चार प्रविधि जन्य र जानकारी मूलक कुराको नियमित रुपमा अध्ययन गर्न विभिन्न माध्यमहरु जस्तैः रेडियो, टेलिभिजन, मोबाइल एप्स, सामाजिक सञ्जाल आदिको माध्यबाट निरन्तर रुपमा जोड्नको निम्ति चेतना मूलकरसन्देशमुलक कार्य गर्नु र गराउनु आजको नितान्त आवश्यकता हो ।

यसका अतिरिक्त सामाजिक दुरी कायम राख्ने, साबुनपानीले अनिवार्य नियमित हात धुने, आवश्यकता अनुसार मास्क लगाउने, भिडभाडबाट टाढै रहने र पारिवारीक वातावरणलाई विद्यालयमय वातावरण सिर्जना गरी ज्ञानको आदान प्रदान गर्न सामाजिक सञ्जालमा आबद्ध भई भरपूर्ण सदुपयोग गर्नु र सबै व्यक्तिको जीवनोपयोगी, व्यवाहारीक तथा असहज परिस्थितिमा पनि ज्ञानको विकास गर्नु आजको आवश्यकता हो । सम्भव भए सबै विद्यार्थीहरुलाई सस्तो, सहज तरिकाले Wifi , internet service को व्यवस्थापन स्थानीय सरकारले गरिदिएर र त्यसको प्रभावकारी रुपमा प्रयोग भईरहेको कुरा सुनिचित गर्न शिक्षकहरुले टेलिफोन, रेडियो, टेलिभिजन, घरघरमा आफैँ उपस्थितमा भएर, सामाजिक सञ्जाल आदिको माध्यमबाट विद्यार्थीहरुलाई निरन्तर तथा नियमित सहयोग तथा सहजीकरण गरेर गुणस्तरिय शिक्षण सिकाइ गर्नु आजको आवश्यकता हो । निष्कर्ष अनलाइन र भर्चुअल कक्षा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय र समाजको मुख्य आवश्यकता हो। सूचना तथा सञ्चार प्रविधिको प्रयोग सँगै विद्यार्थीहरुलाई विद्यालयमा जम्मा गरेर शिक्षा प्रदान गर्नुभन्दा राम्रो प्रविधिको विस्तार गरी विद्यार्थीहरुको घर–घरमा विद्यालय जस्तो वातावरण सिर्जना गरी अनलाइन र भर्चुअल कक्षाद्वरा गुणस्तरिय, भरपर्दो र स्थायी तथा जीवनोपयोगी शिक्षण सिकाइ गर्नु र गराउनु आजको आवश्यकता हो । हत हातमा मोबाइल, घरघरमा इन्टरनेट र कम्पयूटर तथा गाउँ–गाउँ, टोल–टोल र दुरदराज सबै भौगोलिक क्षेत्रमा मल्टिमिडियाको पहुँच र विस्तार गरी सबै विद्यार्थीहरुको समान र सहज पहुँच पुग्ने गरी अनलाइनरभर्चुअल कक्षाद्वारा गुणस्तरिय शिक्षण सिकाइ गर्नु आजको नितान्त आवश्यकता हो ।

लेखक शिक्षा विकास तथा समन्वय इकाई, धनुषामा शाखा अधिकृत हुन् ।

Comment


Related News

Latest News

Trending News