अपडेट 
२०७७ आश्विन ५, सोमबार १५:५८

काठमाडौँबाट पोखरा उड्न असोज ६ गते बुद्ध एयरलाइन्स र एती एयरलाइन्सले प्रतियात्रु २ हजार रुपियाँमा टिकट अफर गरिरहेको छ जुन काठमाडौंबाट पोखरा जान एसीसहितको डिलक्स सिटको गाडीभाडा जत्तिकै हुन आएको छ ।

यसअघि काठमाडौंबाट पोखरा जान एसीसहितको डिलक्स सिटको गाडीमा १ हजार २ सय रुपैयाँसम्म भाडा लिइनेमा अहिले यो १ हजार ८ सय रुपियाँसम्म लिन थालिएको छ । बाटोमा हुने खाना र खाजा खर्च जोड्दा प्लेन भाडा भन्दा महँगो पर्ने भएको छ । यात्रुबाहक सवारीसाधनको भाडादर तोके पनि हरियो नम्बर प्लेटको एसी डिलक्स गाडीमा कुनै नियमन हुँदैन । सामान्य गाडीहरुले समेत हाल १ हजार रुपियाँसम्मको भाडा उठाउँदै आएकोमा खाना र खाजासहित उनीहरुको खर्च १ हजार ५ सय हाराहारीमा हुने गरेको छ ।

हवाई सेवामा खासै भाडा फरक नभए पनि एकाधबाहेक सबै आन्तरिक गन्तव्यको भाडादर कोभिड–१९ अघिको सामान्य भाडादरकै हाराहारीमा छन्। तर, त्यही गन्तव्यको गाडीभाडा भने अहिले निकै महँगो भएको छ । सरकारी नीतिका कारण गाडीभाडा निकै महँगोभएको हो । असोज १ गतेदेखि सरकारले सार्वजनिक सवारीसाधन खोल्नुअघि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी सम्वद्ध महासंघ र मजदूर सम्बद्ध संगठनहरुले ५० प्रतिशत सीट क्षमता राखेर र ५० प्रतिशत भाडा लिएर गाडी चलाउन सहमत भएअनुसार अहिले कानूनी रुपमै ५० प्रतिशत भढी भाडा लिँदै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले काठमाडौँबाट बाहिरिने मुख्य नाका र बसपार्क क्षेत्रहरुमा भाडादर र स्वास्थ्य मापदण्डको कार्यान्वयनका सन्दर्भमा अनुगमन गर्दै आएको जनाएपनि राजमार्ग क्षेत्रमा मान्छे चढाउने, ओराल्ने र तोकिएकोभन्दा बढी यात्रु चढाउने गरिएको कारण यात्रुहरुमा भाडाको भार बढ्नेबाहेक केही उपलब्धि हुन नसकेको यात्रुहरुले गुनासो गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News