अपडेट 
२०७७ आश्विन ५, सोमबार १७:३२

जर्मनीमा निर्माण गरिएको जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको संग्रहालय बन्ने भएको छ ।

तत्कालीन समयमा भारतलाई आफ्नो कब्जामा लिएका ब्रिटिस सरकारले निर्माण गरेको रेल्वे २०६९ सालदेखि पूर्ण रुपमा बन्द भएको जयनगर जनकपुरदेखि विजलपुरासम्म नेरोगेज रेलको इन्जिन लगायतको अन्य भौतिक संरचनालाई संग्रहालय बनाइने भएको हो । रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईका अनुसार जनकपुरमा रहेको मुख्य स्टेशन र खजुरीमा रहेको रेलमर्मत कारखानामा रहेका पुरानो रेल्वेका इन्जिन, बोगी, डब्बा, पार्टपूर्जालगायतका संरचनालाई नेपाल रेल्वे कम्पनीले संग्रहालय बनाउने तयारी गरेको हो ।

जनकपुरमा रहेको पुराना रेल्वेको पुरानो स्टिम इन्जिनको नाम ‘सीता’ दिएको छ जसको इतिहास दुई सय वर्ष पुरानो रहेको छ । अहिले संसारमा कतै पनि नभएको यो इन्जिन एक मात्र नेपालमा रहेको कारण यसलाई संग्रहालय बनाएर आउने पुस्ताहरुको लागि राखिने महाप्रबन्धक भट्टराईले बताए । सात वर्षअघि नेरोगेज रेल बन्द भएपछि सो संरचना हटाएर ब्रोडगेज रेलको संरचना निर्माण गरिएको छ ।

हाल जनकपुर ल्याईएको पाँच डब्बामा एक डब्बा एसीसहितको दुई वटा रेल नेपाल सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको हो। ब्रिटिशहरुले निर्माण गरेको पुरानो रेलको संग्रहालयले नेपालको रेल्वे इतिहासलाई जीवन्त तुल्याउने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News