अपडेट 
२०७७ आश्विन ६, मंगलवार ०६:२२

आज देशभरको मौसम सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दैछ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको छ। अहिले बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति  देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १ र २ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News