अपडेट 
२०७७ आश्विन ६, मंगलवार ०६:२७

बलिउड अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ। भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानी उधृत गर्दै दीपिका पादुकोणसँग लागुऔषधमा संलग्न भएको दाबी गरिएको हो।

दैनिक भास्करका अनुसार घटना अनुसन्धान गरिरहेको एनसीबीले यो घटनामा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको हो। एनसीबी टोलीले भने दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्ने सम्भावना छ। स्रोतका अनुसार यो मुद्दामा आफ्नो नाम मुछिएपछि दीपिका कानुनी परामर्श गर्ने तयारी गरेकी छन्। सुशान्त मृत्यु प्रकरणमा एनसीबी टोलीले कहाँ(कहाँ ड्रक्स कनेक्सन थियो भनेर गम्भीर अनुसन्धान गरिरहेको छ। गत १४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका थिए। मुम्बई प्रहरीले सुरुमा यसलाई आत्महत्या बताएको थियो। तर पछि २५ जुलाईमा सुशान्तका पिताले पटनाको राजीवनगर थानामा रियाविरुद्ध उजुरी दिएका थिए।

त्यस्तै, अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको नभई हत्या भएको भन्ने आम जनता र परिवारको दाबि पछि अहिले यस विषयको अनुसन्धान सिबिआइले गरिरहेको छ । यस क्रममा सुशान्तसँग जोडिएका एक दर्जन भन्दा बढीको बयान समेत लिइसकेको छ । घटनालाई राजनीतिक रंग दिन थालिएपछि यस प्रकरणलाई सिबिआइको जिम्मा दिइएको हो ।

सिबिआइले समेत अहिले सुशान्तको मृत्युको प्रकरण बारे ठोस धारणा बनाउन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Comment


Related News

Latest News

Trending News