अपडेट 
२०७७ आश्विन ६, मंगलवार १७:०६

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।


पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । विज्ञ तथा सरोकारवालालाई लक्षित गरेर जम्मा ५ सय प्रति मात्रै पुस्तक प्रकाशन गरेको केन्द्रले जानकारी दिँदै पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ जुन पहिले १ लाख ४७ हजार १८१ वर्ग किमि थियो । नाबी, कुटी, गुञ्जीलगायत लिम्पियाधुरा क्षेत्र त्यस किताबमा समेटिएको छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अतिक्रमित भूभागसहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरे अनुसार जेठ ५ गते मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरासहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जेठ ७ गते नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे पछि जेठ ३१ गते संघीय संसदबाट दुई तिहाई भन्दा बढी मतले नक्सा पारित भयो । संसदमा नक्साको विपक्षमा एक मत पनि परेको थिएन । सरकारको निर्णय र संसदले अनुमोदन गरेको त्यही नक्साअनुसार तयार पारेको पुस्तक वितरणमा प्रधानमन्त्रीले रोक लगाएका हुन् ।


पुस्तकमा तथ्यगत त्रुटि भएकाले तत्काल वितरणका साथै छपाईमा रोक लगाएको र भारतसँग वार्ताको माहोल बिग्रिन नदिन पनि पुस्तक वितरण गर्न नहुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News