अपडेट 
२०७७ आश्विन ६, मंगलवार १७:३२

एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकिङ गर्दै नेपाली पक्षलाई यो भूमि चीनको रहेको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको छ । हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको हो ।

अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली गएको थियो । टोलीका अनुसार चिनियाँ पक्षले सो भूमि आफ्नै भएको दाबी गरेको छ । यसअघि निरीक्षणमा गएको सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली घटना स्थल पुगेपछि चिनियाँ प्रहरीले सेनालाई खबर गरेको थियो । त्यसै क्रममा चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको टोलिले जानकारी दिएको छ । चिनियाँ पक्षका अनुसार नेपाल चीन सिमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटर टाढा पर्छ । गाउँपालिका अध्यक्षका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन । ११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनको भनाइ छ । तर भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसाबले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ ।

चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको छ ।

Comment


Related News

Latest News

Trending News